पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज बिहानको रातमा करिब सवा २ बजेतिर चितवन इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरोले दुबै तर्फको यातयात अबरुद्ध गर्दा यात्रु बाटौमै समस्यामा परेका छन् । निरन्तर पानी परिरहेको र पहिरो झर्ने क्रम जारी रहेको प्रवक्ता थापाले जानकारी दिए । पानी रोकिने र माथिबाट पहरो झर्ने क्रम नरोकिएसम्म पहिरो पन्छाई सवारीसाधान सञ्चालनमा ल्याउन कठिन भएको छ ।