logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते


अंकुरण खबर
1.326K
Shares

म्याग्दीको सदरमुकाम बेनीमा यात्रुबाहक जीप दुर्घटना हुँदा २ यात्रुको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परी बेनी नगरपालिका-५ डडुवाकी १९ वर्षीया सविना भण्डारी र मंगला गाउँपालिका-१ का १३ वर्षीय बिमल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बेनीबाट मंगला गाउँपालिका-१ पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप बुधबार राति करिब ८ः२० बजे मंगला गाउँपालिकाको-२ नेवारेखोलामा दुर्घटना भएको हो ।