logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

विश्वास नेपालद्धारा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू परिवारलाई राहत प्रदान


अंकुरण खबर
1.014K
Shares

विश्वास नेपालले कोरोना महामारीका कारण रोजगारी बन्द भएर समस्यामा परेका उपत्यकामा रहेका श्रमिकहरूलाई चामल, नुन, तेल आलु, चिनी, दालसहित स्यानीटरी प्याड, स्यानिटाइजर मास्क प्रदान गरिएको हो ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले विश्वव्यापी महामारी कोरोनाको कारण गत वर्षदेखि रेष्टुरेन्ट, पव, डान्सबार, मसाज पार्लरलगायतका क्षेत्रमा काम गरिरहेका महिला÷किशोरीको रोजगारी खोसिएकोले उनीहरूलाई केही दिनका लागि पुग्ने सहयोग प्रदान गरिएको बताए ।

विश्वास नेपालले संस्थाको सम्पर्कमा आएका श्रमिकका लागि मनोपरामर्शको सेवासहित सक्दो सहयोग गर्दै आएको छ ।
विश्वास नेपालले मनोरञ्जनको क्षेत्रमा काम गर्ने श्रमिकको हक, अधिकार र व्यवसायिक सिप, दक्षता सम्वन्धी सहयोग प्रदान गर्दै आएको छ ।