धादिङमा त्रिशुली नदीले एक युवालाई बगाएर बेपत्ता पारेको छ ।
बिहिबार बिहान माछा मार्न गएका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ विशाल टार बस्ने २० वर्षीय लक्ष्मण विसुराललाई बगाएर बेपत्ता बनाएको हो ।
बेपत्ता युवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।