प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज (बिहीवार) पनि जारी छ।
बिहीवारको इजलासमा प्रधानमन्त्रीका तर्फबाट पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले बहस शुरु गरेका छन् ।
प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय अब ४ घण्टा ३३ मिनेट बाँकी छ।
बुधवार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, डा सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए। प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई छन्।
सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्ने सर्वोच्च स्रातले जानकारी दिएको छ।