नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी बनेका छन् ।
स्वास्थ्य उपचारका लागि भारतमा रहेएका खनाल बैठकमा भर्चुअल रूपमा सहभागी बनेका हुन् ।
काठमाडौंको बुद्धनगरस्थित एक वैंकेटमा नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ ।
अध्यक्ष केपी ओलीले बुधबार जेठ २ को पार्टी संरचनामा फर्काउने गरी एमाले बैठक शुक्रबारलाई बोलाएपनि ओलीले पुनः जालझेल गरेको दावी गर्दै शुक्रबारको बैठकमा जाने या नजाने भन्ने निर्णय गर्न बैठक बोलाइएको बताइएको छ ।
केही नेताहरूले भने हिजै प्रधानमन्त्रीले बोलाएको बैठक अवैधानिक भएकाले जान नहुने बताइसकेका छन् ।