logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने


अंकुरण खबर
754
Shares

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट शुरु हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अपराह्न चार बजे अधिवेशन आहृवान गरेकी हुन्।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ।

यसैबीच आउदो आइतबार बस्ने बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने तयारी गरेकी छन।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे संकेत गरेपनि राष्ट्रपति कार्यालयले यसबारे औपचारिक जानकारी दिएको छैन।

यदि राष्ट्रपतिले आइतबार राष्ट्रियसभामा सम्बोधन गरे नेपालको इतिहासमा राष्ट्रपतिबाट राष्ट्रिय सभाको मात्रै बैठकलाई सम्बोधन गर्न लागेको यो पहिलो पटक हुनेछ।