logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विद्यार्थी संगठनद्वारा प्रदर्शनीमार्गमा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन


अंकुरण खबर
702
Shares

विपक्षी गठबन्धनअन्तर्गतका पाँच दलसम्बद्ध विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरूले आज (बिहीबार) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

रत्नराज्यअगाडि सडकमा भेला भएका विद्यार्थीहरूले निकै आक्रोशित भई सरकारको विरोध गरेका थिए। उनीहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन पनि गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनको विरोधमा चर्का नाराबाजी गरेका हुन ।

विद्यार्थीहरूले पुत्ला जलाउँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो। पुत्ला खोस्ने क्रममा प्रहरी र विद्यार्थीबीच केहीबेर ठेलाठेल भएको थियो।