logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृहमन्त्री पौडेलद्वारा उद्वार र राहतमा नतिजामुखी काम गर्न निर्देशन


अंकुरण खबर
663
Shares

गृहमन्त्री विष्णुप्रसाद पौडेलले उद्वार र राहतको काममा कुनैपनि किसिमको कमी कमजोरी नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री पौडेलले कर्मचारी तथा शुरक्षाकर्मीहरुलाई उद्वारको काममा कुनैपनि किसिमको कमी कमजोरी नगर्न र नतिजामुलक काम गर्न निर्देशन दिएका हुन् ।

भौगोलिक तथा परस्थितिको अध्ययन र योजना विना पुर्वाधार निर्माणको काम भइरहेकोले बाढी र पहिरोको जोखिम बढेको भन्दै उनले विकासका कामलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा देशभरमा विपदको अबस्था र नागरिकमा पारेको प्रभावबारे जानकारी गराइएको थियो ।

यसवर्ष मनसुनजन्य विपदका कारण २८ जनाको मृत्यु भएको छ । वर्षायाम शुरु भएसँगै आएको बाढी र पहिरोमा परेर २६ जना बेपत्ता भएका छन् ।