logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले बढ्यो शेयर बजार


अंकुरण खबर
663
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार दोहोरो अंकले बढेको छ ।

आज नेप्से १९.१२ अंकले बढेर दुई हजार ८ सय ४३ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज नेप्सेमा ६ अर्ब ७० करोड ७७ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये नन लाइफ इन्स्योरेन्स समूहबाहेक मध्ये अन्य सबै समूह बढेका छन् ।

आज चार कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा ओरियण्टल होटल, गुडवील फाइनान्स कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कुमारी इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ  । जसको शेयरमूल्य करिब चार प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।