logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


अंकुरण खबर
832
Shares

समसामयिक बिषयहरुमा छलफल र निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकले चार रिक्त सचिवहरु नियुक्त गर्ने बताइएको छ।

लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेका १० मध्ये चार सचिवको मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ। यस्तै, अन्य बिषयहरुमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ।

यसअघि प्रधानमन्त्री ओलीले आजै दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेर समसामयिक बिषयहरुमा छलफल गरेका थिए।