प्रहरीले ७८ वर्षीया वृद्धालाई करणी गरेको आरोपमा एक किशोर पक्राउ गरेको छ ।
माथागढी गाउँपालिकाकी अन्दाजी ७८ वर्षकी वृद्धालाई करणी गरेको आरोपमा रोल्पा लुङग्री–७ घर भइ हाल माथागढी गाउँपालिकामा कुलो निर्माणमा मजदुरी गर्ने १९ वर्षीय शंकर विक पक्राउ परेका हुन् ।
वृद्धाको घरमा कोही नभएको बेला मादक पदार्थ सेवन गरी जवरजस्ती करणी गरेको जाहेरीका आधारमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विकविरुद्ध जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।