logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


अंकुरण खबर
624
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्न लागेको छ ।

आज दिउसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका हुन् ।

बिहीबार तयारी नपुगेपछि स्थगित भएको बैठक आज बस्ने तय गरिएको उनले बताए ।

पदाधिकारी बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने भएको छ । क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले त्यसबारे पदाधिकारी बैठकमा जानकारी दिनेछन् ।

कांग्रेस महाधिवेश भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुन लागेको छ । त्यसअघि वडादेखि प्रदेश अधिवेशनहरू हुनेछन्। अझै केही जिल्लामा क्रियाशील सदस्यता विवाद रहेको छ ।