तनहूँमा पहिरोमा पुरिएका दुईजनाको उद्दार गरिएको छ ।
अविरल वर्षापछि खसेको पहिरोमा पुरिएका दुई जनाको शुक्रबार बिहान जीवितै उद्धार गरिएको हो।
जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावतको उद्दार गरिएको हो ।
बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराले पुरिँदा सरोज रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । घाइते दुवैको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ ।