logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा पहिलो दिनमै २२ गुणा बढी आवेदन


अंकुरण खबर
1.937K
Shares

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ दशमलव ९३ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बिहीवार साँझ ५ बजेसम्म ३ लाख ६३ हजार ४९२ कित्ता शेयरका लागि ५ लाख ८९ हजार ८१२ जना आवेदकहरुबाट ७९ लाख ७२ हजार ८२० कित्ताका लागि आवेदन परेको हो ।

सर्वसाधारणमा विक्री गर्न लागेको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याएको हो ।