कोभिड संक्रमण पुष्टि भएका बिरामीमा देखिएको म्यूकर माईकोसिस ९कालो ढुसी० का संक्रमितहरु नेपालमा अहिलेसम्म २२ जनादेखिएका छन् ।
हाल सम्म २२ जनामा कोढुसी देखिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।
नेपालका विभिन्न जिल्लामा गरी २२ जनामा संक्रमण पुष्टि भएको र अहिले कुन अस्पतालमा कति छन् भन्ने यकिन भने भैनसकेको मन्त्रालयका सूचना अधिकारी डा।समिर अधिकारीले बताए । कालो ढुसिको संक्रमण भएकालाई प्रयोग गरीदै आएको कालाजारको एम्फोटेरीसीन बी नामको औषधि अहिले सकिएको र मन्त्रालय यो औषधि किन्ने प्रक्रियामै रहेको मन्त्रालयले जनाएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकरमाईकोसिसका १५ जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये अहिले आठ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको र बाँकी डिस्टार्ज भएको अस्पताल प्रशासनले जनाएको छ ।
डिस्टार्ज भएकामध्ये केहिको आँखाको शल्यक्रिया गरेर घर पठाईएको छ भने केहिको शल्यक्रिया गर्न नै नमिलेका कारण घर पठाउनु परेको अस्पतालका डा। राजेन्द्र प्रधानाङ्गले बताए ।
नेपालमा कालो ढुसीका बिरामीका लागि दिईने एम्फोटेरीसीन बी नामको औषधिको अहिले अभाव रहेको समेत रहेको छ । यो औषधि कालाजारका बिरामीका लागि प्रयोग गरीदै आएको भए पनि पछिल्लो समय कालो ढुसीका बिरामीका लागि पनि प्रयोग गरीदै आईएको थियो । एम्फोटेरीसीन बी औषधिको अभाव रहेका कारण अहिले विकल्पका रुपमा पेसाकोनाजोल औषधिको प्रयोग गरीएको छ । कालो ढुसिको संक्रमण भएको शंका लागेपछि अस्पतालमा जान चिकित्सकले सुझाव दिएका छन् ।