निषेधज्ञा अवधिभर सार्वजनिक यातायातमा जोरविजोर प्रणालीमै सञ्चालन हुने भएको छ ।
यातायात व्यवसायी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच भएको पछिल्लो वार्ताले कोरोना संक्रमण र स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर निषेधाज्ञाभर जोरविजोर प्रणालीमा यातायात सञ्चालन गर्ने सहमती भएको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार स्वास्थ्यको दृष्टीकोणले निषेधज्ञाभर जोरविजोर प्रणालीमै यातायात सञ्चालन गर्ने सहमती गरिएको हो ।
असार २१ गते पछि सबै गाडी चलाउने नेपाल यातायात व्यवसायीहरुको भनाइपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले छलफलबाटै समस्याको समधान निकालेको बताइएको छ ।
यता सरकारले २५ सीट क्षमता भन्दा माथिका मात्रै सवारी साधन चल्न पाउने व्यवस्था अव्यवहारिक भएको भन्दै यसलाई परिमार्जन गर्नु पर्ने माग गरेका छन् । महासचिव सिटौलाका अनुसार ११ लाख ७२ हजार सवारी साधनमध्ये २५ सीट भन्दा बढी क्षमताको सवारीसाधन १२ हजार मात्र रहेका छन् ।
यि मध्ये नौ लाख २१ हजार मोटरसाइकल रहेको र बाँकी दुई लाख ३८ हजार २५ सीट भन्दा कम क्षमताको रहेको जानकारी दिए ।