logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पृथ्वी राजमार्गमा पहिरोले गाडी पुर्दा २ जनाको मृत्यु, ६ जना घाइते


अंकुरण खबर
676
Shares

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरोले सवारी पुर्दा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत पर्ने बेनीघाट रोराङ १० स्थित जवाङ खोलामा पहिरोले गाडी पुर्दा २ जनाको मृत्यु भएको हो । साथै पहिरोले पाँच वटा सवारी पुर्दा अन्य ६ जना घाइते भएका छन् ।

ना ८ ख ४५४० नम्बरको ट्रकलाई पहिरोले पुर्दा चितवनको राप्ती नगरपालिका ६ का १८ वर्षीय दोर्जे त्यस्तै ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ४३ वर्षीया भारतीय महिला सोनी देवीको मृत्यु भएको हो । घाइते हुनेहरुमा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार राप्ती नगरपालिका ६ बस्ने वर्ष ४० को हरिबहादुर प्रजा र चितवन भण्डारा बस्ने वर्ष २६ को सुदीप प्रजा रहेका छन् । उनीहरुको चितवनस्थित फित्लिङ बिहानी मेडिकलमा उपचार भइरहेको छ ।

त्यस्तै घाइते हुनेमा भारतीय नागरिक ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ५५ वर्षको राजेश कुमार, २७ वर्षका सन्देश कुमार ,वर्ष २५ का राजा कुमार र ७ वर्षका सुगम कुमार रहेका छन् । घाइतेहरुको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाए अनुसार पहिरोले अवरुद्ध सडक अहिले एकतर्फी खुलाइएको छ । दुईतर्फी सवारी खुलाउ प्रयत्नरत रहेको प्रहरीलेले जनाएको छ ।