logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषधसहित धरानबाट एक जना पक्राउ


अंकुरण खबर
754
Shares

सुनसरीको धरान ११ नगरकोटमा कोठा भाडामा बस्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको कोठाबाट सिटाडोल–५०, ३९० क्याप्सुल र स्पास्पेन ३९० क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कायालय सुनसरीले जनाएको छ । दास सप्तरी अग्नीसर कृष्णसरवन ४ घर भई हाल धरानमा कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् ।

पक्राउ परेका दासमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।