logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा निषेधाज्ञा एक साता लम्बिने, माइक्रो बस र टेम्पो चलाउन दिने तयारी


अंकुरण खबर
780
Shares

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।

आइतबार दिउँसो ३ बजे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको हो ।

बैठकले जारी निषेधाज्ञाको बारेमा समिक्षा गर्दै केही थप निर्णय गर्ने बताईएको छ । आज बस्ने बैठकले सार्वजनिक यातायात जोरविजोर नियम हटाउने वा नहटाउने भन्ने विषयमा निर्णय गर्ने छ ।

यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिने निषेधाज्ञामा माइक्रो बस र टेम्पोलाई पनि सञ्चालन गर्न दिने विषयमा निर्णय आउन सक्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले बताए । साथै जारी निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी समेत रहेको उनको भनाइ छ ।

लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न भने तत्काल नदिइने भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राती १२ पछि सकिँदैछ ।