बागमती प्रदेशको प्रदेशसभा बैठक दिउसो ३ बजेसम्मका लागि सरेको छ ।
बिहान ११ बजेको लागि बोलाइएको बैठक दलीय सहमति गर्ने भन्दै दिउँसो ३ बजेसम्मको लागि सारिएको हो ।
प्रदेश सरकारले गुटगत रूपमा असन्तुलित बजेट ल्याएको भन्दै प्रतिपक्षी दलहरूले अवरुद्ध बैठक आईतबार ११ बजे सम्मलाई स्थगित गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी , नेपाली कांग्रेस र विवेकशील साझा एकजुट भएर संसदमा सरकारविरुद्व खनिएका थिए ।
प्रतिपक्षी दलहरूले सरकारले पार्टी र गुटगत रूपमा बजेट विनियोजन गरेको, अनधिकृत रूपमा विधेयक ल्याएको र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै बैठक अवरुद्ध गरेका थिए ।
दलीय सहमतिको लागि समय माग भएकोले बैठकको समय पर धकेलिएको संसद सचिवालयले जनाएको छ ।