logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली समूहका नेताले भेटे नेपाललाई, पार्टीलाई एकताबद्ध बनाउन आग्रह


अंकुरण खबर
663
Shares

ओली समूहका दोस्रो तहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।

आइतबार बिहान नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङ नेपाल निवास कोटेश्वर पुगेर उक्त आग्रह गरेका हुन् ।

कोटेश्वर पुगेका नेताहरुले नेपाललाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर छलफल गर्न आग्रह गरेका हुन् । ‘उहाँलाई हामीले पार्टीलाई एकताबद्ध बनाउन लाग्नोस् । हामी एकताबद्ध छौँ र हुन्छौँ । तपाईं र अध्यक्ष ओली बसेर सल्लाह गर्नोस् भन्यौँ,’ भेटमा सहभागि नेम्वाङले भने ।

नेता नेपालले भने अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएको ती नेताले जानकारी दिए । छलफलमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि सहभागि थिए ।