पछिल्लो २४ घण्टामा देशभर १६०३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।
देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १०४२ र एन्टीजेनमा ५६१ गरी १६०३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४८७६ पीसीआर र ३२५६ एन्टीजेन परीक्षण भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५५२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ ।