logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३० हजार घुससहित सव-इन्जिनियर पक्राउ


अंकुरण खबर
1.261K
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित सव इन्जिनियर पक्राउ गरेको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवानलाई ३० हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।

उनका अनुसार भूकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट खटि गएको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।