काठमाडौं उपत्यकामा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।
उपत्यकाका ३ वटै जिल्लाका सिडिओहरुको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।
थपिएको निषेधाज्ञामा सार्वजनिक सवारीका साधनहरु खुकुलो पारिएको छ । सवारीमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ । अब माइक्रो र टेम्पो पनि सञ्चालन गर्न पाइने छ ।
आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सफा टेम्पो तथा निलो माइक्रो सञ्चालन गर्न पाइने भएको छ ।

