काठमाडौंको कुलेश्वर केन्द्र भएर बिहानै भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्रका अनुसार बिहान ६ बजेर ३२ मिनेटमा कुलेश्वर केन्द्र भएर ३.२ म्याग्नेच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा गरिएको छ । यो २०७२ सालकै भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ ।