logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने, सुरु भयो विद्युत उत्पादन


अंकुरण खबर
962
Shares

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन हुने भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलविद्युत् आयोजनाको आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । कुल ४५६ मेगावाट क्षमताको आयोजनाले आजबाट बिजुली उत्पादन गर्नेछ ।

आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको आयोजनाका प्रवक्ता डा.गणेश न्यौपाने जनाएका छन् ।

आयोजनाले आइतबार नै विद्युत गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको प्रवक्ता डा.गणेश न्यौपाने जानकारी दिए ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत्‌गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । यो आयोजना स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो सम्पन्न भएको आयोजना हो ।