logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा नौ दिनदेखि बेपत्ता युवतीको शव फेला


अंकुरण खबर
728
Shares

चितवनमा नौ दिनदेखि बेपत्ता युवतिको शव फेला परेको छ ।

नौ दिनदेखि हराइरहेकी चितवनकी सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको हो । आइतबार अपराह्न शव भेटिए पनि साँझ मात्रै परिवारले पहिचान गरेको चितवन प्रहरीले जनाएको छ ।

भण्डारीले हराएकै दिन दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । त्यस लगत्तै परीवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।

भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडेकी थिइन् । सोही दिन उनले १२ बजे दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना लगत्तै घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत खटिएको थियो । तर, उसले केही सुराक भेटाउन सकेको थिएन।

आइतबार जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान जारी नै रहेको बताएको छ ।