logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाग्मती प्रदेश सभा बैठक आज बस्दै


अंकुरण खबर
806
Shares

बाग्मती प्रदेश सभाको बैठक आज बस्न लागेको छ ।

आइतबार दिउँसो ३ बजे बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको थियो। अब आज दिउसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बजेटमा विपक्षी दलहरूले विरोध गर्दै आएका छन् । योजना वितरणमा पक्षपात भएको उनीहरूको आरोप छ ।

यसमा सहमति गर्न आइतबार सर्वपक्षीय बैठक बसेको थियो । बैठकमा बजेटमा छलफल गर्ने विषयमा सहमति बनेको जनाइएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले बोलाएको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र नेकपा (एमाले) का प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।