logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुकेटारमा विमानस्थलमा आजदेखि उडान सुरु, हप्तामा ४ दिन नियमित उडान


अंकुरण खबर
611
Shares

ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान सुरु गरेको छ ।

कोरोना संक्रमणकका कारण स्थगित उडान २ महिनापछि सुरु हुने भएको हो ।

आज काठमाडौंबाट नौ यात्रु लिएर गएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौंमै फर्किएको जनाइएको छ ।

ताप्लेजुङबाट १२ यात्रु काठमाडौं जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताए  ।

सुकेटारमा  हप्तामा चार दिन ९सोमबार, बुधबार, शुक्रबार र शनिबार० नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।

तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म सात हजार ५० रुपैयाँ  र ताप्लेजुङदेखि काठमाडौं सात हजार १९० रुपैयाँ भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले  जनाएको छ। निगमले ताप्लेजुङदेखि प्रदेश नं १  राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।