logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुजिता भण्डारीको हत्यारा पक्राउको माग गर्दै स्थानीयद्वारा राजमार्ग अवरुद्ध


अंकुरण खबर
1.82K
Shares

चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् ।

भण्डारीको शव आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा शव फेला परेको थियो ।

सोमबार प्रहरीले शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगेसँगै भण्डारीका परिवार, आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका हुन् । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए । केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।