logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोलामा पौडी खेल्न गएका दुई बालक बगेर बेपत्ता


अंकुरण खबर
1.248K
Shares

पाँचथरको याङवरक गाँउपालिका–४ स्थित काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना बालकलाई खोलाले बगाएको छ ।

आइतबार दिउँसो ६ जनाको समूहमा पौडी खेल्न गएकामध्ये दुई जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सोही स्थानका १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन् ।

घटनाको जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको उद्धार टोलीले खोजतलास गरिरहेको छ ।