logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

बाग्मती प्रदेश सभाको बैठक आज पनि स्थगित


अंकुरण खबर
754
Shares

बाग्मती प्रदेश सभाको बैठक आज पनि स्थगित भएको छ ।

विपक्षीहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको हो ।

बैठक सुरु भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षि दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकटेललाई बोल्न समय दिएका थिए । जम्मकटेलले बजेट प्रदेशवासीको हितमा नभई अपारदर्शी रहेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलसँग विपक्षी दलले असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसपछि सभामुख श्रेष्ठले जम्मकटेललाई बस्न अनुरोध गरेपनि सांसदहरूले उठेर अवरोध गरे । अवरोध जारी रहेपछि सभामुख श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

शनिबार बजेट विनियोजन असन्तुलित भएको भन्दै नेकपा माओवादी, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले अवरुद्ध गरेका थिए । आइतबार पनि बैठक संचालनका लागि छलफल भएपनि सहमति नजुट्दा बैठक बस्दै नबसी आजका लागि स्थगित गरिएको थियो ।