नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से ११.७८ अंकले घटेर दुई हजार आठ सय २२ दशमलब ७४ विन्दुमा थामिएको हो ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब ५८ करोड २२ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा २९ वटा कम्पनीले कमाए भने १५३ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी र हिमालयन डिस्ट्रलरी रहेका छन् ।
त्यस्तै, आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ ।