logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय सभामा १६ वटा अध्यादेशमध्ये १० वटामा अस्वीकार प्रस्ताव पेश


अंकुरण खबर
2.054K
Shares

राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अस्वीकार प्रस्ताव पेश भएको छ ।

राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरु मध्य १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो ।

संसद सचिवालयले अध्यादेश मा अस्वीकार गर्न प्रस्ताव पेश गर्न चाहाने सांसदहरुका लागि असार २० गते सम्मको समय दिएको थियो । राष्ट्रिय सभाको विधेयक शाखा प्रमुख तथा विधायन व्यवस्थापन समितिका सचिव मनोज कुमार गिरीले २० गते सम्ममा १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव पेश भएको जानकारी दिए ।

यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पद्धार्थ (नियमन) अध्यादेश २०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ माथि भने अस्वीकार प्रस्ताव पेश नभएको हो ।