logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमीकस क्युरी पाठकको राय : ‘एकै व्यक्तिले बारम्बार प्रधानमन्त्री बन्छु भन्न मिल्दैन’


अंकुरण खबर
754
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइका लागि गठित अदालतका सहयोगी (एमिकस क्युरी) का सदस्य वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले एउटै व्यक्तिले निरन्तर प्रधानमन्त्री बन्छु भन्न संविधानले नदिने पनि राय दिएकी छन् ।

आफ्नो राय प्रस्तुत गर्दै पाठकले निरन्तर रूपमा आफैँ प्रधानमन्त्री बन्छु भन्न नमिल्ने बताइन् । सरकार गठनको विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन नहुने सर्वोच्च अदालतले यसअघि भनिसकेकाले त्यसमा थप केही भनिरहन नपर्ने पनि पाठकको राय छ ।

संविधानको धारा ७६ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री भएपछि विश्वासको मत लिनुपर्ने र नलिने भए राजिनामा दिनैपर्ने उनको राय छ ।

‘एउटा प्रधानमन्त्री पदमा रहेकै बेलामा अर्को प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढ्न सक्दैन,’ उनले भनिन्, ‘विश्वासको मत नलिने र राजिनामा पनि नदिएको अवस्थामा राष्ट्रपतिले राजिनामा माग्नुपथ्र्यो । तर, राष्ट्रपतिले सीधै मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिन्न अर्को प्रक्रियाका लागि मार्गप्रशस्त गरेको भनेकै आधारमा प्रक्रिया अगाडि बढाएको भन्न मिल्दैन ।’

तथापि, उनले संविधानको ७६ (५) को व्यवस्थालाई स्वतन्त्र मान्न नहुने राय दिइन् । केपी ओलीले एमालेको तर्फबाट प्रधानमन्त्रीमा दाबी गरेको अवस्थामा एमालेका सांसदहरूले प्रतिपक्षी दलका सांसदलाई समर्थन गर्नु ठीक नभएको बताइन् । संविधानको धारा ७६ (५) लाई स्वतन्त्र मान्ने हो भने दलीय व्यवस्थाको अवमूल्यन हुने उनको राय छ ।