logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पछिल्लो २४ घण्टामा थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु


अंकुरण खबर
845
Shares

पछिल्लो २४ घण्टामा २६२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

देशका विभिन्न स्थानमा गरिएको ७४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १७४५ र ४२८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज थप २२११ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ ।