logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यादव र ठाकुर पक्ष निर्वाचन आयोगमा


अंकुरण खबर
897
Shares

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेका छन् ।

पार्टीमा विवाद बढेपछि दुवै पक्षले एक अर्को पक्षलाई कारवाही गर्दै आफू नै आधिकारिक भएको दावीसहित आयोगमा निवेदन दिएका थिए।

आयोगले त्यसलाई प्रक्रियामा अगाडि लिएर दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो। उनीहरूलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम छलफलका लागि बोलाइएको हो ।

जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन् । यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन् । ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन् ।