मंगलबार स्थानिय बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ।
आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत सोमबार बजारमा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ८०० रुपैयाँ पुगेको छ भने चाँदी ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३३० रुपैयाँ पुगेको छ।
यस्तै तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९१ हजार ३०० रुपैया पुगेको महासंघले जनाएको छ।