बंगलादेशले नेपालबाट हुने हवाई उडान र आउने यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको छ।
बंगलादेशमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि नेपाललगायत भारत, बोत्स्वाना, मंगोलिया, नामिबिया, पानामा, दक्षिण अफ्रिका र ट्युनीसियाबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
आफ्नो देशमा कोरोनाको नयाँ भेरिएन्ट्स नभित्रियोस् भनेर अस्थायी प्रतिबन्ध लगाइएको बंगलादेश सिभिल एभिएसनले जनाएको छ।
बंगलादेशले जुलाई १४ सम्म लकडाउन घोषणा गरेको छ।