logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु


अंकुरण खबर
1.586K
Shares

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरू भएको हो।  सोमबार साँझ बसेको बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको थियो।

कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता रहेका छन्। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।

नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्। उनी हिजोको बैठकमा पनि सहभागी थिए।

गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।