logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सशस्त्रका रिक्त दुई डिआईजीमा धौबजी र न्यौपाने बढुवा


अंकुरण खबर
1.235K
Shares

सशस्त्र प्रहरी बलका दुई वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डिआईजी) पदमा बढुवा गरिएको छ।

रिक्त दुई डिआईजी पदमा कालीदास धौबजी र कुमार न्यौपाने बढुवा भएका हुन्।

बढुवा समितिले आज (मंगलबार) गरेको सिफारिसअनुसार दुई एसएसपीलाइृ डिआईजीमा बढुवा गरिएको गृहमन्त्रालयले जनाएको छ।

बढुवा समितिका सदस्य सचिव रहेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलका अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका पदमा उनीहरुलाई बढुवा गरिएको हो।