logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए २६३४ कोरोना संक्रमित, १५ जनाको मृत्यु


अंकुरण खबर
1.742K
Shares

पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा र ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५६५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, आज संक्रमणबाट १५ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ।