logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई साता पनि नपुग्दै सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य


अंकुरण खबर
988
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।

यसअघि २ हप्ताअघि मात्र मूल्य बढाएको निगमले आज पुनः प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो ।

अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्‍याइएको छ। यसैगरी एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्नेछ।

निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।