logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युरोकप फुटबल : स्पेनलाई हराउँदै इटाली फाइनलमा


अंकुरण खबर
741
Shares

युरोकप फुटबलको फाइनलमा स्पेनलाई हराउँदै इटाली पुगेको छ ।

इंग्ल्यान्डमा गए राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो ।
खेलमा पूर्ण समयमा दुवै टिमले १-१ गोल गरेका थिए । थप समय गोलबिहीन हुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जसमा स्पेनले ४ प्रहारमा २ गोल गर्‍यो भने इटालीले ५ प्रहारमा ४ गोल हान्यो ।

पेनाल्टीमा इटालीलाई जित दिलाउन आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेली भने गोल गर्नबाट चुके ।

उता स्पेनका डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न नसक्दा मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे ।

यसअघि निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच एक–एक गोलको बराबरी भएको थियो ।

१९६८ को युरो विजेता इटाली पछिल्लोपटक २०१२ को युरोकपमा फाइनलमा पुगेको थियो । अब, फाइनलमा इटालीले डेनमार्क र इङल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।