logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवाद समाधानका लागि एमाले कार्यदल बैठक आज पनि बस्ने


अंकुरण खबर
3.224K
Shares

नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ।

मंगलबार सिंहदरबारमा भएको छलफलमा सहमतिका लागि विभिन्न विकल्प तय भए पनि ठोष निष्कर्ष निस्किन सकेको थिएन। आजको बैठकमा आन्तरिक समस्या समाधानका लागी गम्भीर छलफल हुने कार्यदल सदस्य भीम रावलले बताए।

उनले मंगलबारको बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि सकारात्मक छलफल भएको बताए।

पार्टीभित्रको विवाद समाधानका लागि दुवै पक्षका ५-५ सदस्यहरू रहने गरी कार्यदल गठन भएको थियो।

कार्यदलमा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।