logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीका चार एमाले सांसदबारेको भ्याकेट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुने


अंकुरण खबर
897
Shares

कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

एमालेका चार सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी सरकारलाई जोगाएपछि एमालेले उनीहरूमाथि कारबाही गरेको थियो ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको उक्त कारबाहीका आधारमा प्रदेशसभाले उनीहरूलाई पदमुक्त गरेको थियो ।

पदमुक्त भएका नेताहरूलाई न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो। उक्त आदेशविरुद्ध एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भ्याकेटमा गएका थिए ।