logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सुनको मूल्य बढ्यो


अंकुरण खबर
988
Shares

केही दिनयता लगातार बढिरहेको सुनको मूल्य बुधबार थप ४०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।