logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बौद्धबाट १४ लाख नगदसहित २८ जुवाडे पक्राउ


अंकुरण खबर
728
Shares

प्रहरीले बौद्धबाट २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं–६ बौद्ध सिमलटारका वाङ्चु शेर्पाको घरबाट मंगलबार राति प्रहरीले १४ लाख ५९ हजार ९ सय नगदसहित जुवाडे पक्राउ गरेको हो ।

जुवा खालबाट ३० थान कौडा, २१ बुक तास, भारू ११ हजार ४ सयलगायत बरामद गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

जुवा अखडा सञ्चालन गर्ने ४० वर्षीय लालबहादुर विकसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।