माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेताहरुले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्।
आफ्नो पार्टी छाडेर एमालेमा गएको भन्दै माओवादी केन्द्रले पाटी परित्याग गर्ने रामबहादुर थापा (बादल),टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सहितका नेताहरुलाई कारबाही गरि आयोगबाट पदमुक्त गराएको थियो । तर रामबहादुर थापा ‘बादल, दिनेश पन्थी, रामचन्द्र मण्डलली,लाबहादुर थापा,गिरिधरी न्यौपानेलगायतका नेतो आयोगमा उजुरी दिएका हुन् । माओवादीको २०७१ सालदेखि महाधिवेशन नभएकाले आफुहरुलाई कारबाही गर्नु अनुचित भएको र माओवादी केन्द्र खारेजी हुनुपर्ने दाबी सहित नेताहरुले आयोगमा उजुरी दिएको जनाएका छन् ।
निवेदकहरुको तर्फबाट अधिवक्ता सरोज बुढथोकिलेआयोगमा निवेदन दर्ता गराएका छन् ।